गोरखामा द्वन्द्वकालका ९२६ उजुरी

  • पोखरा न्यूज
  • २०७३ श्रावण १३
गोरखामा द्वन्द्वकालका ९२६ उजुरी

|प्रतीकात्मक तस्बिर

गोरखा, १३ साउन –

दशवर्षे द्वन्द्वमा बढी प्रभावित भएकोमध्ये एक गोरखा जिल्लामा ९२६ द्वन्द्वकालीन घटनाका उजुरी आएका छन् ।

राज्य र तत्कालीन विद्रोही पक्षद्वारा भएका विभिन्न घटनाका बारेमा सत्यतथ्य छानबिन गर्न माग गर्दै स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी परेको हो ।

सत्यनिरुपण तथा मेलमिलापतर्फ ८९५ ओटा उजुरी आएका छन् । तत्कालीन माओवादीले बेपत्ता बनाएको भन्दै छानबिन गर्न मागसहित ३१ जनाको उजुरी आएको स्थानीय शान्ति समितिका कार्यालय सचिव रुलबहादुर आलेले जानकारी दिनुभयो । साउन २६ गतेसम्म कार्यालयमा उजुरी दिनसकिने बताइएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस