उर्लाबारी (मोरङ), १३ साउन –
विकास निर्माणका नाममा जनतालाई दुःख दिने काम गरेको भन्दै नेकपा (एमाले) मोरङले बुधबार विराटनगर उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
नगर क्षेत्रका विभिन्न वडा डुबानमा पर्दा पनि उपमहानगरपालिकाले परिणाममुखी काम गर्न नसकेको भन्दै एमाले मोरङ अध्यक्ष महेश रेग्मी सहितको टोलीले निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रधानको ध्यानाकर्षण गराएको हो । नगर क्षेत्रका अधिकांश घरभित्र पानी पसेको र निर्माण भइरहेको बाटो गुणस्तरहीन हुँदा निर्माण नसकिँदै भत्कन थालेको भन्दै एमालेले यसमा परिणाममुखी काम गर्न निर्देशनसमेत दिएको छ ।
उपमहानगरपालिकाले विकासका नाममा जनतालाई पीडा दिने काम गरेको भन्दै एमाले मोरङले नगरको कुनै पनि ठाउँबाट सहजरुपमा एम्बुलेन्स आवतजावत गर्ने अवस्थासमेत नरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।
एमाले नेताहरुको गुनासो सुनेपछि निमित्त कार्यकारी अधिकृत प्रधानले डुबान प्रभावित विराटनगरका वडा नं ४, ६, १३, १९ र २० मा पानीको निकास गराउनका लागि काम सुरु भइसकेको बताउनुभएको थियो । उहाँले डुबान प्रभावित क्षेत्रमा योजनाबद्ध तवरबाट नगरपालिकाले काम गरिरहेको पनि बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution