उपमहानगरपालिकालाई एमालेको ध्यानाकर्षण

उर्लाबारी (मोरङ), १३ साउन –

विकास निर्माणका नाममा जनतालाई दुःख दिने काम गरेको भन्दै नेकपा (एमाले) मोरङले बुधबार विराटनगर उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नगर क्षेत्रका विभिन्न वडा डुबानमा पर्दा पनि उपमहानगरपालिकाले परिणाममुखी काम गर्न नसकेको भन्दै एमाले मोरङ अध्यक्ष महेश रेग्मी सहितको टोलीले निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रधानको ध्यानाकर्षण गराएको हो । नगर क्षेत्रका अधिकांश घरभित्र पानी पसेको र निर्माण भइरहेको बाटो गुणस्तरहीन हुँदा निर्माण नसकिँदै भत्कन थालेको भन्दै एमालेले यसमा परिणाममुखी काम गर्न निर्देशनसमेत दिएको छ ।

उपमहानगरपालिकाले विकासका नाममा जनतालाई पीडा दिने काम गरेको भन्दै एमाले मोरङले नगरको कुनै पनि ठाउँबाट सहजरुपमा एम्बुलेन्स आवतजावत गर्ने अवस्थासमेत नरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

एमाले नेताहरुको गुनासो सुनेपछि निमित्त कार्यकारी अधिकृत प्रधानले डुबान प्रभावित विराटनगरका वडा नं ४, ६, १३, १९ र २० मा पानीको निकास गराउनका लागि काम सुरु भइसकेको बताउनुभएको थियो । उहाँले डुबान प्रभावित क्षेत्रमा योजनाबद्ध तवरबाट नगरपालिकाले काम गरिरहेको पनि बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button