उर्लाबारी (मोरङ), १३ साउन –
अविरल वर्षाका कारण स्थानीय तेली खोलामा आएको बाढीले मोरङको जाँतेमा खानेपानीको पाइप बगाएको छ ।
बाढीले २०३९ सालदेखि सञ्चालनमा आएको खानेपानी योजनाको पाइप नै बगाएपछि जाँतेका एक हजार २०० घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएका छन् ।
गत साउन १० गतेको बाढी र पहिरोले खानेपानीको पाइप बगाएपछि जाँतेका वडा नं १, २, ८ र ९ का एक हजार २०० घरपरिवार खानेपानीको सेवाबाट वञ्चित भएको जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।
तेली खोलाको मुहानबाट स्थानीयवासीलाई वितरण गर्न ल्याइएको खानेपानीको पाइप नै बगाएपछि जाँतेमा खानेपानीको हाहाकार भएको छ । खोलाको मुहानबाट चारवटा पाइपमार्फत स्थानीयवासीलाई खानेपानी वितरण गरिएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution