पोखरान्युजडटकम, १३ साउन –
एक टिभी कार्यक्रममा पत्रकार ऋषि धमलासँग भुवनले आफू महानायक भएको बताएपछि विवाद पुनः सिर्जना भएको हो । ‘महानायक को भनेर तपाईंले नेपाली दर्शकलाई सोध्नुहुन्छ भने तपाईंले जवाफ पाउनुहुनेछ भुवन केसी भनेर’ भुवनले धमलालाई भने ।
केसीले अन्य अभिनेताले नेपाली सिनेमामा योगदान नदिएको दाबी समेत गरे । उनले राजेश हमालको नाम नलिइकनै उनीप्रति टिप्पणी गरेको बुझ्न कठिन छैन । यसअघि महानायक को भन्ने कुरालाई लिएर पटक पटक चर्चा हुने गरेको छ ।
मिडियाले भने, हमाललाई महानायक भन्दै आइरहेका छन् । चलचित्र प्राविधिक संघले हमाललाई महानायकको उपाधि नै दिइसकेको छ । सार्वजनिक कार्यक्रममा सितिमिति नबोल्ने भुवन र राजेश पछिल्लोपटक नेफ्टा फिल्म अवार्डको हङकङ समारोहमा सँगै थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution