युवालाई लक्षित गरी शनिबार पोखरामा रेन ईन्टरटेनमेन्ट हुने

  • पोखरा न्यूज
  • २०७३ श्रावण १३
Post Thumbnail

पोखरा, १३ साउन –

युवालाई लक्षित गरी शनिबार पोखरामा रेन ईन्टरटेनमेन्ट (पानीमा रमाईलो) कार्यक्रम हुने भएको छ ।

युवा बर्गहरुलाई मनोरन्जन दिने उद्धेश्यले जक्सन डटकमको प्रस्तुतीमा व्यञ्जन रेष्टुरेण्टको आयोजनामा उक्त कार्यक्रम शनिबार दिउसो २ बजे देखि बेलुका ११ बजेसम्म हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

यस बर्ष पनि व्यञ्जन रेष्टुरेण्टमा हुने उक्त कार्यक्रममा करीब ५ सय जना युवाहरु सहभागि हुने भएको जक्सन डटकमका व्यावस्थापक अरुण गिरीले बताए । आफ्नो व्यावसाय प्रवद्र्धन गर्दै पोखरामा धेरै बर्षात हुने घटनालाई दर्षाउन पनि युवाहरु लक्षित उक्त कार्यक्रम निरन्तर रुपमा आयोजना गर्दै आएको व्यञ्जन रेष्टुरेण्टका संचालक वैभव पौडेलले बताए । रेन ईन्टरटेनमेन्टमा कृतिम रुपमा पानी पारेर सांगितीक कार्यक्रमका माझ सामुहिक रुपमा नृत्य गर्ने गरीन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस