असन्तुष्ट पक्षको माग सम्बोधन गरिन्छ – अध्यक्ष दाहाल

काठमाडौँ, १३ साउन –

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको प्रमुख कार्यभार मधेस, थारु, आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्दै संविधानको कार्यान्वयन गर्नु रहेको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रिय एकतालाई बलियो बनाउन आन्तरिक एकतालाई बल बनाउनुपर्ने भएकाले संविधान निर्माण प्रक्रियाबाटै असहमति राख्दै आएका दल तथा समूहलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माण अभियानको नेतृत्व गर्ने र विगतका सरकारका राम्रा पक्षलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने जिम्मेवारी इतिहासले सुम्पन लागेको उहाँको कथन थियो । उहाँले संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयनका लागि सबै दल तथा पक्षलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा जोड दिँदै जनतालाई विश्वासमा लिएर अगाडि जान कोही कसैले पनि कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।

नेपाल र विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ लहर पैदा गर्नका लागि नयाँ कम्युनिस्ट घोषणापत्रको जरुरी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आएकाले पनि नयाँ विचार र राजनीति आवश्यक भएको उल्लेख गर्नुभयो ।

मुलुकको राजनीतिक घटनाक्रम एवम् बाम आन्दोलनलाई अगाडि बढाउन नयाँ विचारसहितको राजनीतिक दिशा जरुरी रहेको भन्दै उहाँले विद्यार्थी आन्दोलनलाई पनि नयाँ आधारमा अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाबीचमा अगाडि बढेको नयाँ ध्रुवीकरणलाई सार्थक दिशामा अगाडि बढाउन माओवादीले विशेष पहल गरिरहेको भन्दै उहाँले माओवादी पहिचान स्थापित नहुँदासम्म उत्पीडित वर्ग, क्षेत्र, जाति र समुदायको पहिचान स्थापित हुन सक्दैन भन्नुभयो ।

कार्यक्रमा नेकपा९माओवादी केन्द्र०का नेता रामबहादुर थापा, हितमान शाक्यलगायतले क्रान्तिकारी विद्यार्थी समाजका अग्रद्रष्टा भएको मुलुक, जनता र आदर्शको पक्षमा लाग्न जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button