जोखिममा परेको दोविल्ला पुलको सांसदद्धारा स्थलगत निरीक्षण

  • पोखरा न्यूज
  • २०७३ श्रावण १३
जोखिममा परेको दोविल्ला पुलको सांसदद्धारा स्थलगत निरीक्षण

पोखरा,१३ साउन –

सांसद तुल वहादुर गुरुङले अविरल बर्षाको कारण जिल्लामा पुगेको क्षेतिको विवरण तयार गरि तत्काल सहयोगमा जुट्नु पर्ने बताउनु भएकोछ ।

साउन १० र ११ गते परेको बर्षाको कारण जोखिममा परेको पोखरा उपमहानगरपालिका १७ दोविल्ला र २३ निर्मलपोखरी जोड्ने फुस्रेखोला माथिको पक्कि पुलको आज स्थलगत निरीक्षणका अवसरमा उहाँले सो कुरा वताउनु भएको हो ।

सेतीनदी र फुस्रेखोलाको संगमस्थलकोरुपमा रहेको दोविल्ला क्षेत्रको संरक्षणका लागि गुरु योजना बनाएर लाग्नु पर्ने विचार व्यक्त गर्दै उहाँले जोखिममा रहेको वस्ति र पुलको संरक्षणका लागि आफुले सक्दो सहयोग गर्ने जानकारी दिनु भयो ।

२०५७ सालदेखि संचालनमा आएको सो पुलको पुर्वपट्टिको भागमा खोलाले कटान गर्न थालेपछि पुलका साथै २० घरपरिवार समेत जोखिममा परेको स्थानीय समाजसेवी कमल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोलाको कटान रोकिएको छैन बुधवार राती दश बजेको समयमा पुलको तल्लो भागमा पहिरो गएपछि दोविल्लावासी रातभर निधाएका छैनन । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस