बाँध विषयमा नेपाली र भारतीयबीच झडप

  • पोखरा न्यूज
  • २०७३ श्रावण १४
Post Thumbnail

राजविराज (सप्तरी), १३ साउन –

जिल्लाको दक्षिणी भेगमा पर्ने नेपाल भारत सीमा दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी निर्माण गर्न लागेको बाँध स्थानीयवासीले भत्काएपछि दुवै पक्षबीच बिहिबार दिनभर झडप भएको छ ।

करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्मित बाँध बाढीले भत्काएको र सो बाँध भारतीय पक्षले बिहिबार बिहानैदेखि पुनःनिर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच पटक पटक झडप भएको हो । सो ठाउँको अवस्था अहिले तनावग्रस्त रहेको बुझिएको छ ।

यसैबीच घटनास्थलमा सप्तरीका प्रजिअ बलदेव गौतम र सुरक्षा प्रमुखहरुको टोली त्यहाँ पुगेको प्रहरीले जनाएको छ । दुवैतर्फका सुरक्षाकर्मीबाट झडप नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ गौतमले बताउनुभयो ।

बाँध निर्माणबाट प्रत्येक वर्ष नेपाली भूभाग रम्पुरा, मल्हनिया, तिलाठी, सकरपुरा लगायत आधा दर्जन गाविस वर्षामा डुबान हुने गरेको स्थानीयवासीले बताएका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस