अब बन्ने सरकारले सुझबुझका साथ संविधान कार्यान्वयन गरोस् – प्रम

काठमाडौँ, १३ साउन –

अन्तर्राष्ट्रिय शान्ति सम्मेलन यहाँ सुरु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

युनिभर्सल पिस फेडरेसन संसदीय शान्ति परिषद्को आयोजनामा सुरु भएको तीनदिने सम्मेलनमा २९ देशका १८५ सांसद, सोलोमन आइल्यान्डका पूर्वराष्ट्रपति मार्सल आइसमान्ड, किरिबाटिका पूर्वराष्ट्रपति एनोट टोङ तथा फिजी र श्रीलङ्काका मन्त्री गरी २०० प्रतिनिधिको सहभागिता छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्यपछि स्थिरता र शान्ति सम्भव हुने बताउनुभयो । “प्रमुख दलको सहमतिमा संविधान जारी गर्न सफल भयौँ, संविधान जारी भएपछि बनेको सरकारले कार्यान्वयनको प्रयास गरेको छ, अब बन्ने सरकारले सुझबुझका साथ संविधान कार्यान्वयन गरोस्”– उहाँले भन्नुभयो । अब बन्ने सरकारको गतिविधि हेरेर समर्थन वा विरोध गरिने नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले बताउनुभयो ।

एमाले नेता माधवकुमार नेपालले दलहरुबीच भएको सहमति कार्यान्वयन नगर्दा राजनीतिमा धोका पाइने बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले नेपालमा शान्तिलाई स्थायित्व दिन समसामयिक विषयमा साझा बहस गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । शनिबारसम्म चल्ने सम्मेलनमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १७ दलका ६८ सांसदको सहभागिता छ । सम्मेलनमा विश्वले अहिले भोग्नुपरेका समसामयिक समस्याका बारेमा छलफल हुने जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button