बस दुर्घटनामा मृतकको सङ्ख्या तेह्र

  • पोखरा न्यूज
  • २०७३ श्रावण १३
Post Thumbnail

 

धनकुटा १३ साउन –

सिधुवा बजार नजिक आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

घटनास्थलमा सात र धरानमा उपचारका क्रममा थप छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सत्ताइस जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी धनकुटा हात्तीखर्क–५ घर भएका नेकपा(माओवादी केन्द्र), धनकुटा अध्यक्षसमेत रहेका पूर्व अर्थराज्यमन्त्री खेवाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा धनकुटा परेवादिनका अतिमाया तामाङ, खिनमाया भट्टराई, तारा बस्नेत र उनकी तीन वर्षीया छोरी रेखा तथा धरानका वेदप्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।

उपचारका क्रममा धनकुटा बुढीमोरङका सनम तामाङ, मारेक कटहरेका वीरबहादुर काफ्ले, लेगुवाका टेजबहादुर थापा र तेह्रथुम फुलेकका होमा पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृतक तीन पुरुषको सनाखत हुन बाँकी छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस