धनकुटा, १४ साउन –
धनकुटाको सिधुवामा बिहीबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान धरान १७ का चेतबहादुर मगरको मृत्यु भएको हो ।
संखुवासभाको मुढेशनिश्चरेबाट तेह्रथुमको वसन्तपुर हुँदै धरान जाँदै गरेको बा२ख ७३६६ नम्बर बस सवा १२ बजे सडकबाट करिब सय मिटर खसेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसमेत रहेका ४५ वर्षीय खेवा, परेवादिन ४ का ४० वर्षीया तारादेवी बस्नेत र उनकी २ वर्षीया छोरी लिरी छन् । यसैगरी, परेवादिन ५ की अतिमाया तामाङ, धरान २ का वेदप्रकाश अग्रवाल, बुढीमोरङ ८ का ३२ वर्षीय बसचालक सनम तामाङ, मारेकटहरे ३ का ५२ वर्षीय वीरबहादुर काफ्ले, परेवादिन ५ की ५० वर्षीया खिनमाया भट्टराई, तेह्रथुम फुलेक ६ की १२ वर्षीया होमा पौडेल, लेगुवा २ का १५ वर्षीय तेजबहादुर थापा र संखुवासभा, मादीका टंक कटवालको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले बताए ।
त्यस्तै सनाखत हुन बाँकी तीन मध्ये संखुवासभाका यमबहादुर महत र खगेन्द्र कार्कीको सनाखत भएको छ ।
नाम नखुलेका थप एक जनाको धरानमा उपचार हुँदाहुँदै राति अबेर मृत्यु भएको हो । घटनास्थलमा ७ जनाको मृत्यु भएको थियो । अन्यको उपचार क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २६ जनाको धरान, धनकुटा, विराटनगर लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
साभार: इकान्तिपुर बाट
original link: https://kantipur.ekantipur.com/news/2016-07-29/20160729093110.html
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution