म्याद सकिएको औषधि खुवाउने चिकित्सक पक्राउ

गौशाला, १४ साउन –

महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

प्रहरीका अनुसार २०७३ जेठ ६ गते का दिन श्रीपुर–९ बस्ने सन्तोष झाका छोरा छ वर्षीय सर्वेश झालाई क्षयरोग भएकामा औषधि उपचार गराउन स्वास्थ्य चौकी श्रीपुरमा लैजाँदा उक्त स्वास्थ्य चौकीका इन्चार्ज सिअहेब रामकिशोर साहले चेकजाँच गरी औषधि उपचार गर्ने क्रममा क्षयरोगको म्याद सकिएको औषधि सेवन गर्न दिएका थिए ।

बिरामी झाले औषधि सेवनपछि पनि रोग निको नभएपछि औषधि जाँच गराउँदा सो औषधिको मिति सिद्धिइसकेको बिरामीका बुबा सन्तोष झाले कालोबजारी मुद्दामा कारबाही गरी पाऊँ भन्ने बेहोराको जाहेरी दरखास्त यही साउन १२ गते इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा दिनुभएको थियो ।

स्वास्थ्य चौकी श्रीपुरमा खानतलासी गर्दा उक्त औषधिको म्याद केही महिनाअघि नै सकिएकाले २५२ ट्यावलेट बरामद भएकामा सोको बरामदी मुचुल्का गरी निज सिअहेब राजकिशोर साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button