सहमतीय सरकारको ढोका काँग्रेसले बन्द गरेको – मन्त्री राई

विराटनगर, १४ साउन –

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहमतीय सरकारको ढोका नेपाली काँग्रेसले बन्द गरेकाले एमाले नयाँ सरकारमा नजाने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले)का नेता समेत रहनुभएका उहाँले मुख्य ठूला पार्टी सरकारमा सहभागी हुनुहुदैन भन्ने काँग्रेसको अडानका कारण सहमतिको ढोका बन्द भएको स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारले ल्याएको कार्ययोजना र कार्यतालिकामा परिवर्तन गरेर भए पनि निर्धारित समयमै स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेकपा (एमाले) प्रमुख प्रतिपक्षमा बस्ने र अब बन्ने सरकार कसरी अगाडि बढ्छ सोहीअनुरुप आफनो पार्टी प्रस्तुत हुने बताउनुभयो ।

उहाँले संविधान च्यातने, जलाउने र संविधानको पुनःलेखनको माग गर्ने पार्टीसँग काँग्रेस र नेकपा ९माओवादी० केन्द्रले साठगाठ गरेकाले यो गठबन्धन धेरै दिन नटिक्ने दाबी गर्नुभयो ।

मन्त्री राईले वर्तमान सरकारले नेपाली जनताको मन जितिसकेकाले संविधानको सफल कार्यान्वयन र मुलुकका हितका लागि प्रतिपक्षमा बसेर भए पनि एमालेले सक्दो सहयोग गर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button