सहमतीय सरकारको ढोका काँग्रेसले बन्द गरेको – मन्त्री राई

  • पोखरा न्यूज
  • २०७३ श्रावण १४
Post Thumbnail

विराटनगर, १४ साउन –

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहमतीय सरकारको ढोका नेपाली काँग्रेसले बन्द गरेकाले एमाले नयाँ सरकारमा नजाने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले)का नेता समेत रहनुभएका उहाँले मुख्य ठूला पार्टी सरकारमा सहभागी हुनुहुदैन भन्ने काँग्रेसको अडानका कारण सहमतिको ढोका बन्द भएको स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारले ल्याएको कार्ययोजना र कार्यतालिकामा परिवर्तन गरेर भए पनि निर्धारित समयमै स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेकपा (एमाले) प्रमुख प्रतिपक्षमा बस्ने र अब बन्ने सरकार कसरी अगाडि बढ्छ सोहीअनुरुप आफनो पार्टी प्रस्तुत हुने बताउनुभयो ।

उहाँले संविधान च्यातने, जलाउने र संविधानको पुनःलेखनको माग गर्ने पार्टीसँग काँग्रेस र नेकपा ९माओवादी० केन्द्रले साठगाठ गरेकाले यो गठबन्धन धेरै दिन नटिक्ने दाबी गर्नुभयो ।

मन्त्री राईले वर्तमान सरकारले नेपाली जनताको मन जितिसकेकाले संविधानको सफल कार्यान्वयन र मुलुकका हितका लागि प्रतिपक्षमा बसेर भए पनि एमालेले सक्दो सहयोग गर्ने बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस