काठमाडौँ, १४ साउन –
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी समुदायका माग पूरा नभएसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताउनुभएको छ।
रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा अध्यक्ष महतोले भन्नुभयो, “अहिले मधेसी मोर्चा सरकारमासहभागी हुने सम्भावना छैन, संविधान संशोधन गर्ने र मधेसी समुदायको माग पूरा गर्ने सहमति भएको खण्डमा बाहिरबाटै अब बन्ने सरकारलाई सहयोग गर्न सकिन्छ ।”
सरकार निर्माणबारे नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सात बुँदे सहमतिमा मधेसी मोर्चा सकारात्मक हुँदाहुँदै कार्यान्वयनमा शङ्का उत्पन्न भएको अध्यक्ष महतोको भनाइ छ । रासस





