हिमाली सांस्कृति परिवारको अध्यक्षमा पुन मेनकाजी गुरुङ

पोखरा, १५ साउन –

लोक संस्कृतीको क्षेत्रमा लामो समय देखि कृयाशिल संस्था हिमाली संस्कृतिक परिवारको शनिवार सम्पन्न १९ औं साधारण सभा तथा ९ औं अधिवेशनले मेनकाजी गुरुङ्गलाई सर्वसम्मत रुपमा पुनःअध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले गुरुङ्गलाई निरन्तरता दिंदै अध्यक्ष पदमा चौथो कार्यकालका लागि निर्वाचित गरेको हो ।

हिमाली सांस्कृति परिवार

कार्य समितिको अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा ज्ञानवहादुर थापा, उपाध्यक्षमा गज बहादुर गुरुङ्ग, सचिवमा श्रीजङ्ग गुरुङ्ग, कोषाध्यक्षमा महादेव न्यौपाने, सहसचिवमा भेषराज गुरुङ्ग, सह कोषाध्यक्षमा सविन गुरुङ्ग र सदस्यहरुमा तेज केसी, सन वहादुर गुरुङ्ग, संगिता आले, इश्वरी राणा, माधव गुरुङ्ग, सविना गुरुङ्ग, दिपा गुरुङ्ग, सविना राणा, बसन्त थापा र दिलु गुरुङ्ग रहेका छन ।

हिमाली सांस्कृति परिवार 2

यस अघि अधिवेशनलाई उदघाटन गर्दै अतिरिक्त प्रहरी महानिरिक्षक रमेश शेखर बज्राचार्यले यस क्षेत्रमा हिमाली सांस्कृतिक परिवारले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले पोखरालाई सास्कृतिक फाँटमा पोखरालाई चिनाउन परिवार सफलरहेको समेत बताउनु भयो ।

हिमाली सांस्कृति परिवार 3

कार्यक्रममा तमुधी कास्कीका अध्यक्ष कर्मा तमु, हिमाली सांस्कृतिक परिवारका प्रमुख संरक्षक चेतन कार्की, संस्थाका उपाध्यक्ष ज्ञान बहादुर थापा लगाएतले बोलेका थिए । हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा श्रीजंग गुरुङ्गले सचिवको तथा गज बहादुर गुरुङ्गले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको थिए । सो अवसरमा हिमाली सांस्कृतिक परिवारको अजिवन सदस्यहरुलाई सदस्यता समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button