बले र कक्रोज बने गायक (हेर्नुहोस् भिडियो)

पोखरान्युजडटकम, १६ साउन –

हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले गायन यात्रा सुरु गरेका हुन् ।

हाँस्य टेलिश्रृंखला भद्रगोलबाट चर्चामा रहेका उनीहरुले सोहि पात्रलाई केन्द्रित गर्दै गीत गाएका छन् । गीतका शब्द हरि निरौला आफैँले लेखेका हुन् भने गीतको म्युजीक भिडियो पनि आफैले निर्देशन गरेका छन् । भिम बिसीको संगीत भरिदिएकाले कलाकारीता सँगै गीत गाउने रहर पनि पुरा गरेको उनीहरुले बताएका छन् ।

भिडियोमा बले, कक्रोजसँगै एलिसा राई र यम्जोङ शेर्पा देखिएका छन् । सरोज ओलीको प्रस्तुती रहेको गीतको म्युजीक भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने दिपक एम सिंहको कोरियोग्राफी, रञ्जन न्यौपानेको सम्पादन छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button