संविधानमा सबैले अपनत्व ग्रहण गर्नुपर्छ – नेता कोइराला

नेपालगन्ज, १६ साउन –

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले असहमतिमा रहेका राजनीतिक दल र समूहलाई सहमतिमा ल्याएर मात्र संविधानको कार्यान्वयन सहज हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस बाँकेद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो,“संविधानमा सबैले अपनत्व ग्रहण गर्नुपर्छ, पहाडदेखि हिमालसम्मका सबै नेपालीको मन संविधानले छुन सक्नुपर्छ, त्यसो भए मात्र संविधान कार्यान्वयन सहज हुन्छ ।”

काँग्रेस रहर, लोभ र सोख पूरा गर्न नभई लोकतन्त्रको संस्थागत विकास, संविधानको सही कार्यान्वयन र विधिको शासन स्थापित गर्न सरकारमा सहभागी हुन लागेको हो भन्नुभयो ।

कार्यकर्ताको जिज्ञासामा उहाँले भन्नुभयो, “नेकपा (माओवादी केन्द्र) सँग सरकारमा सहभागी हुनु समयको माग हो, केपी ओली नेतृत्वको सरकार लोकतन्त्रिक मूल्य, मान्यताबाट विमुख भएकाले नै सरकार परिवर्तन गर्नु परेको हो ।” रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button