तुलसा र चोलेन्द्रको तीज गीत ‘दिल भित्र चित्र’

पोखरा, १७ साउन –

लोक दोहोरी गायक चोलेन्द्र पौडेल र गायिका तुलसा जिसीको तीज गीत दर्शक श्रोतामाझ आएको छ । पशुपती शर्माको लय तथा शब्द संकलन रहेको यो गीतको चर्चा बढ्दै छ ।

पोखराको लामाचौरमा छायाकंन गरिएको म्युजिक भिडियोमा बब्बु थापा र रिना विसी मोडलको रुपमा देखिएका छन् । नव आर्दश क्ल्वले वर्षेनी आयोजना गर्ने हरितालिका तिज मेलाको झझल्को भिडियो मार्फत देखाइएको छ । भिडियोको निर्देशन बब्बु थापाले गरेका हुन् । एल्बममा गायक पौडेल र गायिका जिसीको संयुक्त लगानी रहेको छ ।

teej song 2

१७ वर्ष अघिबाट यो क्षेत्रमा क्रियाशिल रहेका पौडेल राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य हुन् । विगत ६ वर्षदेखि साँगीतिक क्षेत्रमा सक्रिय जिसी लोक दोहोरी गीत प्रतिष्ठान कास्कीकी कोषाध्यक्ष हुन् । यो गीत मार्फत दर्शक श्रोताले मन पराउनेमा उनीहरु आशावादी छन् । वास्तविक तीज गीतको मज्जा यो गीतबाट मिल्ने दावी उनीहरुको छ । पछिल्लो समयमा आयोजना हुने देश विदेशका कार्यक्रममा यि दुवैको व्यस्तता बढी देखिन्छ । गीत गोरखा चौतारी म्युजिक प्रालीबाट बजारमा आएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button