पोखरा रोइङ्ग खेलका लागि उत्कृष्ट स्थल – अध्ययन टोली

केशव पाठक 

पोखरा, १७ साउन –

पानीमा खेलिने रोइङ्ग खेलका लागि पोखरा उत्कृष्ट रहेको सो खेल बारे पोखरामा अध्ययन गर्न आएको टोलीले वताएको छ । पोखराको फेवा ताल र लेखनाथको बेगनास तालको निरिक्षण भ्रमण पछि अध्ययन टोलीले यस्तो निश्कर्ष निकालेको हो ।

अध्ययन टोलीमा संलग्न एशियन रोइङ्ग फेडरेशनको टोलीले नेपाल रोइङ्ग खेलका लागि नेपाल एशियामा नै प्रचुर संभावित स्थानमा पर्न सक्ने समेत जनाएको छ । सो टोलीले नेपालमा रोइङ्ग खेलको हाइ अल्टिट्युड ट्रेनिङ्ग सेन्टर समेत स्थापना गर्न सकिने जनाएको हो । रोइङ्ग अन्तराष्ट्रिय फेडेरेशन फिजाका डेभलप्मेन्ट कन्सल्टेन्ट केन् ली ले बेगनास र फेवा तालको निरिक्षण पछि नेपालमा रोइङ्ग खेलको संभावना रहेको वताए । उनले भने ‘पोखरा शहर रोइङ्ग खेलका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ’ उनले भने–‘यहाँको मौसम पनि यो खेलका लागि सुहाँउदो छ ।’

fewa lake

नेपालको उच्च हिमाली जिल्लामा समेत ताल रहेको र त्यस मध्ये रारा ताल हाइ अल्टिच्युड रोइङ्ग ट्रेनिङ्गका लागि महत्वपुर्ण हुने केन्ले वताए । रारा एशियामा नै हाइअल्टिच्युड ट्रेनिङ्गका लागि उत्कृष्ट हुने समेत उनले वताए । उनी सङ्गै टोलीमा संल्ग्न एशियन रोइङ्ग फेडेरेशनका अध्यक्ष चाइनारोङ्ग चारोइनरुकले नेपालले ओलोम्पिक खेलमा पदक सभ्भावना रहेकोले यो खेलका लागि विशेष चासो दिनु पर्ने उनको भनाई थियो । उनले जोड दिंदै भने – ‘छोटो अवधीमा नै यो खेल बाट नेपालले ओलोम्पिकमा पदक प्राप्त गर्न सक्छ ।’ उनले नेपाल ओलोम्पिक कमिटीका पदाधिकारी र नेपाल रोइङ्ग संघका पदाधिकारी हरु संगको भेटघाटमा यस्तो वताएको संघका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए ।

begnas lake

‘अध्ययन टोलीको निस्कर्ष पछि हामी एकदमै उत्साहित छौ’ अध्यक्ष गैरेले भने –‘हामीले नेपालमा यो खेलको विकास गर्न रोइङ्गको thakur gaireअन्तराष्ट्रिय फेडेरेशन फिजा र नेपाल ओलोम्पिक संग अनुमति लिइसकेका छौं ।’ नेपालमा रोइङ्ग खेलको विकास सङ्गै पर्यटन विकासमा समेत महत्वपुर्ण रहने कुरामा विश्वस्त रहेको उनले बताए । नेपालमा यो खेलको विकासका लागि एशियन फेडेरेशनले अक्टोवरमा हुने कार्यक्रममा समेत सहभागिताका लागि निमन्त्रणा गरिसकेको उनले जानकारी दिए । एशियन फेडेरेशनले १९ वर्ष मुनिका केही खेलाडीहरुलाई पहिलो चरणमा थाइल्याण्डमा प्रशिक्षणको व्यवस्था मिलाएको अध्यक्ष गैरेले वताए । यसका साथै थाइल्याण्ड र चिनमा समेत नेपाली प्रशिक्षकहरुलाई प्रशिक्षण दिइनेछ । एशियन फेडेरेशनले नेपालको यसको सम्भावयता देखे पछि तालिमका लागि केही डुङ्गा र अन्य इक्युपमेन्टहरु प्रदान गर्ने समेत भएको छ ।

पानीमा खेलिने रोइङ्ग खेल आलोम्पिकमा आर्कषक खेलका रुपमा परिचित छ । फरक फरक तौल र समुहमा खेलिने यो खेल टिम गेमका रुपमा महत्वपुर्ण रहेको नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले वताए । पोखरामा नै यसको प्रमुख टे«निङ्ग सेन्टर र आयोजना स्थल समेत हुने भए पछि पोखरेली हरुका लागि गौरवको कुरा समेत भएको उनले बताए । इनडोर र आउट डोर दुवै स्थानमा खेलिने रोइङ्ग खेलको विकासका लागि फिजा र एआरएफले सहयोगको लागि अगाडी आएका छन र नेपालले यसको फाइदा लिन पर्ने संघका महासचिव सोमराज पनेरुले वताए । खास गरि पोखरेलीले यसको बढी फाइदा लिन सक्छन किनभने यो खेलको सम्भावयता यहाँ देखिएको छ उनले भने ।

keshav sir

रोइङ्ग खेलको सम्भावयता अध्ययन टोलीमा एशियन रोइङ्ग फेडेरेशनका अध्यक्ष चाइनारोङ्ग चारोइनरुक, रोइङ्ग अन्तराष्ट्रिय फेडेरेशन फिजाका डेभलप्मेन्ट कन्सल्टेन्ट केन् ली र एशियन रोइङ्ग फेडेरेशनका सह महासचिव जाकारिन खोवारात रहेका थिए । पोखरामा यसको सम्भावना भए पछि यस क्षेत्रका खेलाडीहरुले विशेष फाइदा लिन सक्नेमा सवै विश्वस्त रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button