काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेता सम्मिलित बैठक सुरु

काठमाडौँ, १९ साउन –

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटाउन बैठक सुरु भएको छ ।

व्यवस्थापिका–संसद् नयाँबानेश्वर हाताभित्र सुरु भएको बैठकमा ती दलहरुबीच मङ्गलबार भएको मौखिक समझदारीलाई निष्कर्षमा पुरयाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । मोर्चाले आफ्ना मागमा सकारात्मक भएमा आज हुने प्रधानमन्त्रीको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने जनाउँदै आएको छ ।

वार्तामा काँग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष दाहाल र मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायत सहभागी हुनुहुन्छ । संसद्को आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button