राप्रपा नेपालले विपक्षमा मतदान गर्ने

काठमाडौँ, १९ साउन –

प्रधानमन्त्रीका लागि आज हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । उक्त पार्टीका २५ जना सांसद हुनुहुन्छ ।

उक्त दलको केन्द्रीय समिति र संसदीय दलको सिंहदरबारमा बसेको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सदस्यलाई प्रधानमन्त्रीको उम्मेदवारको विपक्षमा मतदान गर्ने ‘ब्हिप’ जारी गरेको अध्यक्ष एवम् संसदीय दलका नेता कमल थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “हाम्रो अगाडि एकातिर पार्टीको नैतिकता र आर्दश थियो भने अर्कोतर्फ सत्ता थियो, सत्ता र आर्दशबीचको छनोटमा आर्दश र नैतिकताको पक्षमा उभिने निर्णय गरेका छौँ ।”

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सहयोग र सहकार्यका लागि गरेको आग्रहप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो पार्टीले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने निर्णय गरेको बताउनुभयो ।

राप्रपासँगको एकीकरण अन्तिम चरणमा पुगिसकेको जनाउँदै बैठकले एकताको लागि आह्वान गर्ने निर्णय पनि गरेको उहाले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button