प्रचण्ड नेपालको ३९ औ प्रधानमन्त्रिमा निर्बाचित

पोखरा १९, साउन –
नेपालको ३९ औ प्रधानमन्त्रिका रुपमा नेकपा माओवादी (केन्द्र ) का अध्यक्ष प्रचण्ड निर्बाचित हुनुभएको छ । प्रधानमन्त्रिका एक्ला उमेदवार रहनुभएका प्रचण्डले व्यबस्थापिका संसदमा आज भएको मतदानमा ३६३ मत प्राप्त गरि प्रधानमन्त्रिमा निर्बाचित हुनुभएको हो ।

प्रचण्डलाइ कांग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद एक लगाएत गरी जम्मा ३६३ सांसदले समर्थन गरेका छन् । मतदानमा एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले  प्रचण्डको  विपक्षमा  मतदान गरेका  छन  ।

यसघि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनिसक्नुभएका कम्युनिस्ट नेता पुष्पकमल दाहाल प्रचण्डको जन्म बि.सं.२०११ साल मंसीर २६ गते कास्कीको ढिकुरपोखरी गा.वि.स. वडा नं २ लिवाडेमा भएको हो । पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा जन्मिनुभएका प्रचण्ड ले कृषि तथा पशु विज्ञानमा स्नातक गर्नुभएको छ । चार दशक देखि नेपालको सक्रिय राजनीतिमा रहनुभएका प्रचण्डले राजनीतिमा आउनुपूर्व झण्डै ६ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गर्नुभएको थियो ।

झण्डै १३ वर्ष भूमिगत जीवन बिताउनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालका प्रधानमन्त्रिमा दोहोरिने पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुहुन्छ । नेपालमाको इतिहासमा पाँच कम्युनिस्ट प्रधानमन्त्री बनेपनि यसघि कोही दोहोरिन पाएका थिएनन् ।

प्रचण्ड २०६२–६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गर्नुभएको थियो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित भएपछि २०६५ साउन ३१ गते उहाँ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । त्यस बखत सबै भन्दा ठूलो पार्टी रहदा संसदमा सहभागि ५५१ सांसद मध्ये ४६४ जनाको मत उहाँले प्राप्त गर्नुभएको थियो । २०६६ वैशाख २१ गते प्रधानमन्त्रीको पदबाट प्रचण्डले राजीनामा दिनुभएको थियो ।

२०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित हुनुभएका प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी (केन्द्र)तत्कालिन एकीकृत नेकपा माओवादी तेस्रो दलको रुपमा खुम्चिन पुग्यो । यद्यपी ९ बर्ष पछि हाल  प्रचण्ड फेरी मुलुकको प्रधानमन्त्री हुनु भएको छ ।

२०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति यात्रा शुरु गर्नुभएका प्रचण्ड २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन (चौम) मा प्रवेश गर्नुभयो । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य रहनुभएका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित हुनुभयो ।

२०३८ सालमा क्षेत्रीय व्युरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव हुनुभएका प्रचण्ड २०४० सालमा अखिल नेपाल युबक संघको अध्यक्ष बन्नुभयो । २०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका प्रचण्ड २०४२ मा पोलिट्ब्यूरो सदस्य बन्नुभयो । पार्टी विभाजन पछि उहाँ मोहन वैद्य किरण तिर लाग्नुभयो । २०४५ सालको सेक्टर काण्ड पछि वैद्यले नैतिकताका आधारमा नेतृत्व छाडेपछी २०४६ मा पाटीको महामन्त्री बन्नुभयो ।

२०४८ सालमा नेकपा एकताकेन्द्रको महासचिव हुनुभएका प्रचण्ड २०५१ मा नेकपा माओवादीको महासचिव हुदै २०५७ मा भएको दोस्रो महाधिवेशनबाट पाटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसयता प्रचण्ड हालसम्म पार्टीको प्रमुख नै हुनुहु्न्छ ।

वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका  प्रचण्ड २०६३ साल असार २ गते प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनुभएको थियो ।

२०७० सालमा विराटनगरमा भएको एकताको महाधिवेशनबाट आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउन सफल हुनुभएका प्रचन्ड नेपालको राजनीतिमा निर्णायक तहमा हुनुहुन्छ । २०७३ जेठमा रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मात्रिका यादवको नेकपा माओवादी, विप्लव नेतृत्वको नेकपा माओवादीका विद्रोही समुहलगायत मिलेर बनेको नेकपा माओबादी केन्द्रले प्रचण्ड लाइनै अध्यक्ष बनाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button