शान्ति सुव्यवस्था कायम गर्न समन्वयात्मक ढङ्गले काम गरिने

काठमाडौँ, २० साउन –

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकको शान्ति सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज आफ्नो पदभार ग्रहण गर्दै गृहमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न समन्वयात्मक ढङ्गले काम गरिने बताउनुभयो । उपप्रधानमन्त्री निधिले अनवरत ढङ्गले देश र जनताको पक्षमा काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो ।

उहाँ यसअघि दुई पटक सामान्य प्रशासन र एक पटक भौतिक योजना तथा निर्माणमन्त्री बन्नुभएको थियो । मन्त्रालयका निमित्त सचिव विनोद केसी, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक सहित मन्त्रालयका कर्मचारीले नवनियुक्त उपप्रधानमन्त्रीलाई स्वागत गर्नुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button