प्रचण्ड जन्मथलोमा दीपावली

पोखरा, २० साउन –

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको खुसीयाली उनको जन्मथलो ढिकुरपोखरीका स्थानीयले बिहीबार साँझ दीपावली गरेका छन् । त्यहाँका बासिन्दाले नौमति बाजासहित दीप प्रज्ज्वल गरे । दीपावली गर्न प्रचण्डका नजिकका आफन्त पनि लेवाडेबाट नौडाँडा पुगेका थिए।

खुसीयालीसँगै स्थानीयले आफ्ना आशा पनि पोखे । कृषि इन्जिनियरिङ केन्द्र, एक घर एक धारो, हेल्थ पोष्टलाई अस्पतालमा रुपान्तरण र ग्रामिण सडक स्तरोन्नतीको प्रस्ताव लिएर प्रचण्डसम्म पुग्ने स्थानीय नेताले बताए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामजी बराल जीवनले परिवर्तनको नेतृत्व गर्ने प्रचण्डलाई जन्म दिनु ढिकुरपोखरीको सान भएको बताए । उनले गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षतालाई स्थापित गर्ने नेता प्रचण्ड नै भएको बताउँदै संविधान कार्यान्वय र शान्ति प्रक्रिया पनि प्रचण्डकै नेतृत्वमा सम्पन्न हुने दावी गरे ।

गाविस सचिव स्थानेश्वर ढुंगानाले गाउँको विकासमा स्थानीय राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने विचार राखे ।

नेकपा (माओवादी केन्द्र) का गाउँ कमिटी अध्यक्ष गोविन्दराज अधिकारीले ढिकुरपोखरीको विकास गर्न प्रचण्ड समक्ष विस्तृत योजना सहितको प्रस्ताव पेश गर्ने बताए । दीप प्रज्ज्वलन कार्यक्रममा स्थानीय भेषराज पौडेल र लोकनाथ भण्डारीले पनि बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button