प्रम दाहाल बालुवाटारमा

काठमाडौँ, २१ साउन –

प्रधानमन्त्री पुष्पकमल दाहाल आज सरकारी निवास बालुवाटार सर्नुभएको छ ।

आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै आउनुभएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि आज अपराह्न ४ बजे सरकारी निवास सर्नुभएको हो । प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवम् सुरक्षाकर्मी लगायतले स्वागत गर्नुभएको थियो ।

pm dahal 2

प्रधानमन्त्री दाहालले आफू सबैसँग मिलेर काम गर्ने र एउटै परिवारको सदस्यका रुपमा रहने बताउनुभयो । यस्तै प्रधानमन्त्री दाहालले सरकारी निवासमा रहेको सामान नै प्रयोग गर्ने बताउँदै अत्यावश्यक बाहेक अरु कुनै पनि सामान नकिन्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button