घर भत्केर एकै परिवारका ३ जनाको मृत्यु

कपिलवस्तु, २२ साउन –

घरको छत भत्केर एकै घरका तीन जनाको गएराति मृत्यु भएको छ । जिल्लाको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द भर, २४ वर्षीय छोरी सत्यावती भर र १४ वर्षीया छोरी चन्द्रावती भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा परी ६ वर्षीय अरविन्दको घटनास्थलमै मृत्यु भएको र घाइते दुई जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।

राति करिब ९.३० बजे घरको बरण्डामा बसेर खाना खाइरहेको बेला पक्की घरको छतको झाप खसेर उनीहरु थिचिएका थिए । घटनामा परी घाइते भएकी अर्की छोरी भकुरी भरको अवस्था भने सामान्य रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button