फिर्के–बुलौंदी सफाईमा होटल संघ

पोखरा, २२ साउन –

पश्चिमाञ्चल होटल संघ पोखराले फिर्के बुलौंदी सफाई अभियानमा ऐक्येबद्धता प्रकट गर्दै आफ्नो सक्रिय उपस्थिति जनाएको छ ।

संघका अध्यक्ष भरतराज पराजुलीको नेतृत्वमा संघका पदाधिकारी तथा सदस्यहरु दसौं चरणको फिर्के–बुलौंदी सफाइ अभियानमा शनिबार जुटेका थिए । अभियान अन्तर्गत बगालेटोल पस्र्याङ जोड्ने फिर्के पुलको ७ सय मिटर सेरोफेरोबाट संघ लगायत अन्य संघसंस्थाको सक्रियतामा करिब १९ टन फोहोर मैला संकलन गरिएको थियो ।

उक्त खोलाको फोहोर सिधै गएर फेवा तालमा मिस्सिने गरेको र खोला सफा गरे ताल समेत सफा हुने भनाई पराजुलीको थियो । सकेसम्म कसैले पनि जथाभावी फोहोर नफाले खोला र ताल मात्र नभई सिंगो वातावरण नै सफा हुने भनाई पराजुलीको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button