पोखरामा अझै केहि दिनसम्म पानीको अभाव हुने

पोखरा, २३ साउन –

वोरीङहरुलाई पोखरामा पानी वितरण गर्न भ्याई नभ्याई

पोखरामा अघिल्लो साता देखि पिउने पानीकोे समस्या भए पछि यति वेला पिउने पानी वोरीङहरुलाई पानी वोक्न भ्याई नभ्याई भएको छ । पोखरा क्षेत्रमा रहेको करीब डेढ दर्जन भन्दा बढी वोरीङहरुलाई यति वेला भ्याई नभ्याई भएको हो ।

पोखरामा आउने खानेपानीको २० ईन्चको मुख्य पाईप बाढीले बगाए पछि पानीको समस्या भएको अबस्थामा खानेपानी वोरीङहरुले केहि हदसम्म केहि शुल्क लियर घर घरमा पनी पुराएका छन । पोखराको पर्यटकीय क्षेत्र लेकसाईड लगायतको क्षेत्रमा पानी नआउदा आफुहरु ठुलो मर्कामा परेको एक होटल व्यावसायी भरतराज पराजुलीले बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष समेत रहेका पराजुलीले मौसमी रोग भाईरल ज्वरोका विरामीहरु बढेको समयमा सुद्ध खानेपनी वितरण गर्न सम्बन्धित निकायले समयमै पहल गर्नु पर्ने जोडदान माग गरेका छन । उनले भने “धारमा पानी नआएको एक हप्ता भन्दा धेरै भयो, कहिले पानी आउला भन्दा धाराको बाटो हेर्दै वोरीङको पानी किन्दा आम उपभोक्ताहरु हैरानी भएका छन, जति सक्दो छिटो पोखरामा पिउने पानी सहज पार्नु पर्यो । ”

ताङवे वोरीङले ७ हजार ट्याङकीको ट्याङकरबाट दैनिक जसो २० भन्दा बढी ट्याङकर पानी वितरण गर्ने गरेको छ भने त्यसै गरी माछापुछ्रे वोरीङले पनि दैनिक जसो ३० ट्याङकर भन्दा बढी पानी वितरण गर्ने गरेका छन । त्यसै गरी पोखरामा रहेका डेढ दर्जन जसो वोरीङहरुले विहान देखि वेलुकासम्म यति वेला पानी पुराउन भ्याई नभ्याई भएको देखिन्छ ।

पोखरेलीहरुले मर्दीबाट आएको २० इृन्चको पाईप बगाउदा पानीको समस्या भोग्नु परेको हो । २० ईन्चको पाईप बाढीले बगाए पछि हाल पोखरामा आपुर्ति हुदै आएको खानेपानीको करीब ५० प्रतिशत भन्दा कम पानी आउने भएकोले कम्तीमा पनि ४ दिनजसो पोखरामा पानीको समस्या हुने भएको नेपाल खानेपानी संस्थानको कार्यालय पोखराले जनाएको छ । साउन १० र ११ गते अविरल परेको बर्षाले पोखरा ल्याउने खानेपानीको पाईप मर्दीखोलाले बगाए पछि तत्काल उक्त पाईप जडान गर्न सुरु गरीएको छ भने प्राविधिक टोली फिल्डमा खटिएको कार्यालयका प्रमुख निरण महर्जनले बताए । फलामको ठुलो पाईप भएकोले त्यसलाई जडान गर्न केहि समय लाग्ने उनले बताए । मर्दी पुल नजिकैको क्षेत्रमा करीब ५० मिटर क्षेत्रसम्म वगाउदा ४ वटा पाईप जडान गर्नु पर्ने अबस्थामा पुगेको छ । पोखरामा आउने उक्त पाईपको पानी अबरुद्ध हुदा पानीको समस्या हुने भएकोले पानीको धाराबाट आउने पानीको विकल्प प्रयोग गर्न सुझव दिदै उनले बर्षायाम भएकोले आकासे पानीलाई घर घरमा संकलन गर्न समेत सुझाव दिए ।

उनका अनुसार पोखरामा हाल दैनिक जसो करीब ४ करोड लिटर पानेपानी खपत हुदै आएको छ । २० ईन्चको पाईप मर्मत हुदा २ करोड ५० लाख लिटर क्षेमताको उक्त पाईप हुदै पोखरा आउने पानी हाल अबरुद्ध हुदा पोखरामा दैनिक रुपमा खपत हुने गरेको पानी करीब ५० प्रतिशत कम आउने भएको मर्हजनले बताए । बर्खायाम भएकोले अन्य समयमा भन्दा कम पानी प्रयोग हुने गर्दछ । करीब ४ लाख जनतालाई लक्षित हुने पोखरामा खोनपानीको लागि ३७ हजार धारा जडान भएको कार्यालयले जनाएको छ ।

मर्दीबाट आएको उक्त २० इन्चको पाईपमा हाल समस्या देखिए पनि १६ इन्चको पाईपबाट भने पानी आई रहेको मर्हजनले बताए । १६ ईन्चको पाईपबाट हाल करीब एक करोड ५० लाख लिटर पानी पोखरामा आउने गरेको छ । धारो जडान गर्दा १६ ईन्चको पाईप र २० इन्चको पाईए छुट्टा छुट्टै तरीकाले धाराहरु जडान भएकोले एक पाईप अबरुद्ध हुदा पोखराका केहि घरमा धारो आउने त कोहिको घरको धारामा पानी नआउने समस्या रहेको छ । धारा जडान बैज्ञानिक ढंगले हुन नसकेको पोखरेलीले गुनासो गर्दै आएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button