पोखराको जिरो किमीमा रिजनल हस्पिटल सञ्चालनमा

पोखरा, २३ साउन –

अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा रिजनल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ । २४ सै घण्टा बिषेशज्ञ सेवा दिने दावी सहित श्रावणको तेश्रो सातादेखि रिजनल हस्पिटलले आफ्नो सेवा सुरु गरेको हो ।

आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले अध्याधुनिक सुविधा सहित २४ सै घण्टा विशेषज्ञ सेवाका साथै, २४ सै घण्टा आकस्मिक सेवा ,अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे , इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

हस्पिटलमा बालरोग विशेषज्ञ डाक्टर यज्ञराज सिग्देल, हाडजोर्नी विशेषज्ञ डाक्टर दिवस कटुवाल क्षेत्री र डाक्टर दिनेश कुमार बि.क., फिजिसियन डाक्टर मनोज कोइराला र डाक्टर रामकृष्ण गिरी, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ तारा गुरुङ र डाक्टर लक्ष्मी सुनार, जनरल सर्जन डाक्टर सुनिलमान बिजुक्छे र डाक्टर डेविड श्रेष्ठ, रेडियोलोजिस्ट डाक्टर आनन्द बहादुर श्रेष्ठ, एनेस्थेसिया डाक्टर शुसिल तिमिल्सिना र डाक्टर किरण खत्री, नाक कान घांटी रोग विशेषज्ञ डाक्टर आकाशमणी भण्डारी रहेको सञ्चालक पौडेलले जानकारी दिए । ४ करोडको लगानीमा सञ्चालनमा आएको हस्पिटलमा ३० जनाको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button