शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्न सबै जिम्मेवार बन्नु पर्ने

पोखरा, २४ साउन –

शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्न सबै जिम्मेवार बन्नु पर्ने कुरामा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । उनीहरुले शिक्षामा ठूलो परिवर्तनको आवश्यक्ता रहेको औल्याउँदै विशेष गरि सूचना प्रविधी शिक्षाका लागि सबैको पहल रहनु पर्ने समेत बताए । सहभागीहरुले गुणस्तरिय शिक्षाको मापदण्डलाई माथी उठाउन जोड दिंदै यसका लागि उचित व्यवस्थापन गर्न सके लक्ष्य हासिल गर्न सकिने समेत बताए ।

कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले समाज परिवर्तन र विकासका लागि सामुहिक धारणा आवश्यक्ता रहेको बताए । उनले राज्यले निर्धारण गरेका निती गत विषयहरुमा देखिएका अप्ठ्याराहरु चिर्दै कार्यन्वयन तहमा पुर्याउन सवैले इमान्दारिता पुर्वक कार्य गर्नु पर्नेमा जोड दिए । उनले भने–‘ शिक्षालाई माथी उठाउन व्यवहार र आचरणमा परिवर्तन खाँचो छ, सुधार सम्भव छ ।’

education 2

कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्डका सदस्य अशोक न्यौपाने, गैर सरकारी महासंघका केन्द्रिय सचिव राम प्रसाद सुवेदी, हिसान कास्की अध्यक्ष बाबुराम पन्त, प्यावसन कास्कीका अध्यक्ष चिनु रानाभाट, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका वोर्ड सदस्य केशव पाठक लगाएतले वोलेका थिए । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका वोर्ड सदस्य राजेन्द्र पाहाडीले दिगो विकास लक्ष्यमा शिक्षा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कास्की समन्वय समिती एवम चिल्ड्रेन नेपालका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको थियो ।

यसै विच कास्कीमा रहेर शिक्षाको क्षेत्रमा कार्यरत संस्थाहरुको भेलाले चिल्ड्रेन नेपालका अध्यक्ष रामचन्द्र पौडेललाई शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कास्की समन्वय समितीको संयोजक तोकेको छ । उक्त समितीमा १२ संस्थाहरु सदस्य रहेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button