सरकारलाई रचनात्मक सहयोग गर्छौँ – गच्छदार

विराटनगर, २९ साउन –

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुरा गर्दै उहाँले मधेसी, आदिवासी जनजाति र थारू लगायतको अधिकारका लागि संविधान संशोधन र कार्यान्वयनका लागि सरकारलाई रचनात्मक सहयोग गरिने स्पष्ट पार्नुभयो । संविधान संशोधन र कार्यान्वयनका लागि फोरम (लोकतान्त्रिक) सहित चार शक्ति एक ठाउँमा हुनुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि नेकपा (एमाले)का साथै राप्रपा नेपाललाई पनि विश्वासमा लिनका लागि सरकारले पहल गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

सीमाङ्कनको संशोधन नभई नमान्ने अडानमा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको तीनबुँदे सहमतिमा प्रदेशको सीमाङ्कनको किन उल्लेख नगरेको भन्ने प्रश्न गर्दै उहाँले तीनबुँदै सहमति गरेर जे भए पनि संविधानको प्रावधानमा मोर्चा प्रवेश गरेकामा उहाँले खुसी व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button