सहारा एकेडेमीमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ११७ जना लाभान्वित

पोखरा, २९ साउन –

पोखरा–१७ दोविल्लामा रहेको सहारा एकेडेमीमा शनिबार आयोजना भएको बृहत निशुल्क शिविर तथा औषधि वितरण कार्यक्रममा एक सय १७ जना लाभान्वित भएका छन ।

सहारा क्लब पोखराको आयोजना तथा हाम्रो परिवर्तन नेपालको प्राविधिक सहयोगमा आयोजना भएको उक्त शिविरमा एक सय १७ जनाले सेवा लिन सफल भएको कार्यक्रम संयोजक नवराज अधिकारीले बताए । पोखरा उपमहानगरपालीका.कार्यालयका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर कुँवरले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री ईस्टेथोसकोप प्रदान गरि कार्यक्रमको शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै उनले विकास निर्माणमा सहारा क्लबलाई सक्दो सहयोग गर्ने बचन दिए । स्थानीय, दोबिल्लाबासी, निर्मलपोखरी, भरतपोखरी, बागमारा, प्रगतिटोल, महतगौडा क्षेत्रका बासिन्दाको उल्लेख्य सहभागिता रहेको महासचिव केशवराज बरालले बताए ।

स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीहरु संञ्जिता बराल, हिरामणी न्यौपाने, डा.ढाका कुमार श्रेष्ठ (जनरल), डा.विश्व बराल (मेडिकल), डा.निरञ्जन पालिखे (सर्जिकल), डा.विद्याभुषण ताम्रकार, (हाड जोर्नी), डा.तारा गुरुङ्ग (स्त्री तथा प्रसुति), डा.अमृत मित्रकोटी (बालरोग), डा.परिवर्तन बराल (नाक, कान,घाँटी), डा.श्याम पराजुली (रेडियोलोजी), डा.मिलन सिग्देल (जनरल), डा.गृष्म मोहन भट्टराई (छाला तथा यौन रोग), डा.विधान घिमिरे, मिनु श्रेष्ठ, रिम कायस्थ, शंकर भण्डारी लगायतको सहभागी रहेको क्लवले जनाएको छ । स्वास्थ्य नै धन हो भन्ने मान्यता अनुरुप क्लबद्धारा आयोजित यो कार्यक्रम तेश्रो संस्करणको हो । स्थानीय समाजसेवी कमलमणी पौडेलले सहारा एकेडेमीइ दोविल्लामा स्थापना भए देखि खानेपानी देखिका धेरै सुविधा प्राप्त भएकोमा खुसि व्यक्त गर्दै यस्तो सहयोग निरन्तरताको कामना गरे ।

क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहयोगी संस्था–हाम्रो परिवर्तन नेपालका अध्यक्ष ढाका कुमार श्रेष्ठ, कार्यक्रम संयोजक नवराज अधिकारी, क्लबका महासचिब केशब राज बराल लगायतले वोलेका थिए । कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली ,निवर्तमान अध्यक्ष बिक्रम थकाली, मानार्थ सदस्य प्रकाश शेरचन लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button