माओवादीका तर्फबाट चार राज्यमन्त्री

काठमाडौँ, ३० साउन –

नेकपा (माओवादी केन्द्र)ले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको शपथ ग्रहण गराइने तयारी गरिएको छ । माओवादी केन्द्रले यसअघि पाँच मन्त्रीको नाम तय गरेको थियो । मन्त्रीको शपथ केही बेरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button