बिरेठाँटीको बस्ती नै जोखिममा पारेर हाइड्रो पावर निमार्ण भएको स्थानीयको गुनासो

पोखरा, ३० साउन –

पर्वतको भुक्ताङले र देउपुर गाविसमा निर्माणाधिन मध्य मोदी जलविद्युत आयोजनाको व्याबस्थापन पक्षको लापरवाहीको कारणले गर्दा पर्यटकीय गाँउ विरेठाँटीको वस्ती नै खोना कटानको जोखिममा परेको स्थानीयले गुनासो गरेका छन । समयमै वस्तीक्षेत्रको खोला किनारामा वाध नहाल्दा पर्वतको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा रहेको १५ घर सहितको बस्ती नै उक्त जलबिद्युतका कारणले गर्दा पहिरोको उच्च जोखिममा परेको स्थानीय खगेन्द्र्र गौचनले बताए ।

birethanti 2

उनले भने “ विरेठाँटीको लुम्ले गाविस तर्फ पुल वारि क्षेत्रमा वाध हाल्दा मोदी खोलाले ठुलो बर्षाद हुदा वारिको पानीको वहावले गर्दा पारीको क्षेत्रमा असर पुराउदा वस्तीलाई नै जोखिममा पारेर पहिरो जान थालेको हो ।” आफ्नो क्षेत्रमा विकासको लागि हाईड्रो पावर आउनु हाम्रो भएको बताएका उनले वस्तीलाई नै जोखिममा पारेर विकास हुनुले आफुहरुलाई झन घातक हुने बताए । उनले भने “हाईड्रोपावर व्याबस्थापन पक्षले जति सक्दो छिटो मानव बस्तीको संरक्षणको लागि वारि मात्र वाध लगाउने होईन पारी पनि वाध लगाउनु पर्छ अन्यथा हामी आन्दोलन गर्न बाध्य हुने छौं ।”

मध्य मोदी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष मनोज गुरुङले उक्त जलविद्युतको व्याबस्थापन पक्षसंग विरेठाँटी क्षेत्रको मोदी खोला वारी पारि किनारा दुवै क्षेत्रमा वाध हाल्न माग गर्दा खासै माग सुनुवाई नगर्दा हाल मानव बस्ती जोखिममा पर्न गएको बताए । आफ्नो क्षेत्रमा स्थापना हुन लागेको उक्त हाईड्रोपावर व्याबस्थापन पक्षले आफु खुसि काम गर्दा विरेठाँटीको वस्तीलाई मोदी खोलाको कटान गर्नाले उच्च जोखिममा पारेको उनले बताए । उनले भने “हामी धेरै सम्यमित भएका छौं, हाईड्रो पावरको व्याबस्थापन पक्षले हाम्रो मागलाई पुरा गर्न नसके हामीले आन्दोलन गर्न पनि पछि पर्दैनौं । ”

उक्त आयोजनाका म्यानेजर हरि देबकोटाले खोला वारि पहिला वाध नभएकोले सो क्षेत्रमा वाध लगाएको बताउदै खोला पारि पहिला वाध भएकोले वाध नलगाएको बताए । वस्ती जोखिममा परेको कुरा आफुलाई थाहा नभएको बताउदै यस बिषयमा भने हिउदमा मात्र सोच्न सकिने उनले बताए । २ अर्व ८० करोडको लागतमा निमार्ण कार्य सुरु भएको करीब दुई बर्षमा ५ प्रतिशत काम पुरा भएको म्यानेजर देवकोटाले बताए । उनका अनुसार करीब १२ देखि १४ प्रतिशतको वजेट समेत खर्च भई सकेको छ । २ हजार ८ सय मिटरको सुरुङ मध्य हालसम्म ४ सय ४० मिटर सुरुङ खनिएको देवकोटाले जनाए । आयोजनाको पुर्वाधार निमार्ण अन्र्तगत बाटो निमार्ण, एउटा पुल निमार्ण सहितका अन्य काम भएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button