पोखरा, २ भदौ –
पोखराको सिद्धार्थचोकमा रहेको अमेरीकन नर्सिङ इन्स्टिच्यूटको आयोजनामा विहिबार पोखरामा गोष्ठी आयोजना भएको छ ।
अमेरीकाकै नागरीक सरहको नर्स वन्नको लागि उर्तिण गर्नुपर्ने एनक्लेक्स परिक्षाको तयारी कक्षा संचालन गर्ने सम्बन्धि विहिबार पोखरामा एक दिने गोष्ठीको आयोजना गरीएको इन्स्टिच्यूटका अध्यक्ष कृती अधिकारीले बताईन । एडिबि हेल्थ निर्देशक मार्टिन वार्ड, अमेरीकन नर्सिङ इन्स्टिच्यूटका कार्यकारी निर्देशक अन्जली पराजुली, इन्स्टिच्यूटका अध्यक्ष कृती अधिकारीले सहजीकरण गरेका थिए । गोष्ठीमा करीब ६५ जना सहभागि भएको बताइृन्छ ।
एडिभिया हेल्थ कम्पनीले अमेरीका अस्पतालको लागि आवश्यक पर्ने नर्सको लागि निशुल्क अध्यागमन, हवाई उढान टिकट र एक महिना अमेरीकामा बस्ने व्याबस्था सहित ग्रिन कार्ड भिसामा रोजगार ग्यारेन्टी गर्ने भएको अध्यक्ष अधिकारीले बताईन । एक बर्षमा नेपालबाट उक्त कम्पनी मार्फत एक सय जनासम्म अमेरीकामा पठाउन सकिने भएको अमेरीकन नर्सिङ इन्स्टिच्यूटका कार्यकारी निर्देशक अन्जली पराजुलीले बताईन । करीब ४ महिने कोर्षमा नर्सिङमा पिसिएल, बिएससी र बीएन उत्र्रिण गरेका बिद्यार्थीहरुले उक्त कोर्षको लागि तयारी कक्षामा सहभागि हुन सक्नेछन । इन्स्टिच्यूटले तयारी कक्षाको केहि शुल्क लिने गरेको छ भने उक्त तयारी कक्षामा उर्तिण हुने बिद्यार्थीहरुको भविश्व ग्यारेन्टी हुने भएको कम्पनीले दाबी गरेको छ । अमेरीकामा छनौट हुने नर्सले अमेरीकन नर्सले पाए सरह सेवा सुविधा पाउने छन ।





