सूचनामा नागरिकको सहज पहुँच हुनुपर्छ – प्रधानमन्त्री

काठमाडौँ, ३ भदौ –

प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनामा नागरिकको सहज पहुँच स्थापित गरिनुपर्ने बताउनुभएको छ ।

नेपालमा सूचनाको हक सम्बन्धी कानुन लागू भएको दशवर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश दिँदै सूचनाको हक सम्बन्धी कानुन बमोजिम सार्वजनिक महत्वको सूचनामा नागरिकको सहज पहुँच पुरयाउनुपर्ने बताउनुभयो ।

नागरिकको सूचनाको हकको सम्मान गर्न, कानुनले निर्दिष्ट गरेकै अवधिभित्र सूचना मागकर्ता नागरिकलाई सूचना दिन, सूचना माग र प्रवाहको अलग्गै अभिलेख राख्न, सूचनाको वर्गीकरण गर्न, सूचनादाताको संरक्षण गर्न एवम् सूचना प्रवाहकै माध्यमद्वारा आम जनतामा सुशासनको अनुभूति दिलाउन सरकारसहित सबै सार्वजनिक निकायले प्रतिवद्वता व्यक्त गरी काम गरेमा नै राष्ट्रिय सूचना दिवस मनाएको सार्थकता हुने प्रधानमन्त्री दाहालले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

“सूचना दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्र र कानुनद्वारा स्थापित सबै निकायले सूचनाको हक सम्बन्धी कानुनले निर्दिष्ट गरेको दायित्वलाई हुबहु पालना गर्न सबैको ध्यानाकर्षण गराउन चाहन्छु”–उहाँले सन्देशमा भन्नुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button