फोटो पत्रकारको बिमा हुनुपर्ने पत्रकारहरुको माग

पोखरा, ०३ भदौ –

फोटो खिच्ने क्यामेराको बिमा हुने तर क्यामेरा चलाउने पत्रकारको भने बिमा नहुनु दुःखद् कुरा भएको पोखराका पत्रकारहरुले औँल्याएका छन् ।

१ सय ७७ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आयोजित अन्तरव्रिmयामा बोल्ने वक्ताहरुले पत्रकारितामा फोटोको महत्त्वसँगै चुनौतीहरु बढ्दै गएको भन्दै पत्रकारहरुको बिमा गरिनुपर्ने माग गरेका छन् । फोटो पत्रकारितालाई व्यावसायिक बनाउनुपर्नेमा समेत सहभागी पत्रकारहरुको जोड थियो ।

प्रविधिको विकाससँगै चुनौती र अवसरबिच द्वन्द्वको अवस्था सिर्जना गरेको सहभागीहरुले बताएका छन् । एउटै फोटोले हजारौँ शब्दभन्दा शक्तिशाली काम गरे पनि फोटो पत्रकारितामा जोखिम पनि उत्तिकै मात्रामा रहेको उनीहरुको भनाइ थियो । फोटो पत्रकारलाई मिडिया हाउस र आम जनताले सहज विधाका रुपमा लिँदा यस क्षेत्रमा लाग्ने श्रमजीवी पत्रकारको उचित सम्मान हुन नसकेकोमा वक्ताहरुको गुनासो थियो ।

राष्ट्रिय फोटो पत्रकार समुह कास्कीले आज पोखरामा आयोजनामा फोटो पत्रकारिताको महत्त्व र चुनौती विषयक अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मिडिया सञ्चालकहरुले लाखौँ रुपैयाँ लगानी गरेर हाउस सञ्चालन गरे पनि फोटो पत्रकारिताको महत्त्व नबुझ्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले हजारौँ शब्दमा लेखिएका कुराभन्दा एउटै फोटोको प्रभाव बढी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो प्रविधिको विकासले अनलाइन पत्रकारिता, ब्लग र छापा पत्रकारितालाई मात्र नभई सामाजिक सञ्जालमा यसको प्रयोगले पनि महत्त्व बढेका छ ।’

पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले फोटो पत्रकारिताको महत्त्व बढ्दै गएकै कारण बिटकै रुपमा विकास भएको भन्दै यसप्रति संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

गोरखापत्र संस्थानका बोर्ड सदस्य नवराज सुवेदी राज्यबाट सञ्चालित पत्रिकामा अनिवार्य रुपमा फोटो पत्रकार राख्नका लागि आफूले दबाब दिने बताउनुभयो ।

कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष इन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा प्रेस चौतारीका केन्द्रीय सदस्य श्यामनाथ कुँवर, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय महासचिव कमल पौडेल अथक, कास्की काङ्ग्रेसका सदस्य नवीन सिग्देल, पत्रकारहरु भीम घिमिरे, सन्तोष पोखरेल, नारायण शाही, मिडिया अनुन्धाता शेखर पराजुलीले पनि फोटो पत्रकारिताको महत्त्व बढाउनका लागि राज्य लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसै गरी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, पोखरा फोटो ग्राफर सङ्घका अध्यक्ष तुलसीराम सुवेदी, संस्थाका अध्यक्ष ओम लामा, सल्लाहकार प्रदिप पौडेल, पूर्व केन्द्रीय सदस्य राम गुरुङ, पूर्व अध्यक्ष कृष्णमणि बराल, कोषाध्यक्ष दुर्गा पौडेलले पनि क्यामेराको बिमा गरिए पनि पत्रकारको भने बिमाका लागि राज्यलाई झकझकाउनुपर्ने  बताउनुभयो ।

सन् १८३९ अक्टोबर १९ बाट विश्वमा फोटोग्राफी दिवस मनाउन थालिए पनि नेपालमा भने नेपालमा वि. सं. १९८४ वैशाख १३ गते गोरखापत्रका पहिलो पटक समाचारमूलक तस्बिर छापिएको दिनलाई फोटो पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button