
पोखरा, ७ भदौं –
लायन्स क्लव अफ सेति गण्डकीले पोखराको सिमलचौरमा रहेको सडक वालवालीका पुनस्थापना केन्द्रमा रहेका वालवालीकाहरुलाई मंगलबार एक समारोहका विच भोजन गराएको छ ।
क्लवको एक हप्ते विभिन्न कार्यक्रम अन्र्तगत मंगलबार केन्द्रमा रहेका ११ जना वालवालीकालाई भोजन गराउनुका साथै स्टेशनरी र लक्ता कपडा समेत वितरण गरेको क्लवका अध्यक्ष सुनयना पालिखेले बताईन ।
क्लवका अध्यक्ष पालिखेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लव अफ पुर्व डिष्ट्रिक गर्भरनर प्रेम बहादुर श्रेष्ठ, रिजन चियरपर्सन कृष्ण बहादुर अधिकारी, क्लवका द्धितीय उपाध्यक्ष दुर्गा शर्मा, कार्यक्रम संयोजक प्रभा कोईराला, केन्द्रका अध्यक्ष एवं पत्रकार रुद्र बहादुर थापा लगायतका व्यक्तिहरुले वालवालीकाहरुलाई हरेक घर परिवारले घरमै व्यबस्थापन गर्न जोड गरे ।
देव कुमारी हिराचनको संयोजकत्वमा बुधबार भोलि वात्सायन बृद्धाश्रममा खाद्यन्न तथा ग्याँसगिजर वितरण गरीने कार्यक्रम तय भएको क्लवका सचिव मीना गुरुङले बताईन ।





