कार्यकारी प्रधानमन्त्रीमा महिला पुग्नुपर्ने – सभामुख घर्ती

काठमाण्डौ, ७ भदौ –

सभामुख ओमसरी घर्तीले देशको कार्यकारी पद प्रधानमन्त्री महिला पुग्नुपर्ने बताउनुभएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) पदमकन्या क्याम्पस एकाइ कमिटीले आज यहाँ आयोजित तीज कार्यक्रममा उहाँले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्तो देशको उच्च ओहोदामा पहिलोपटक महिला पुगेको चर्चा गर्दै अब कार्यकारी प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताउनुभयो ।

सभामुख घर्तीले संविधान कार्यान्वयनमा चुनौती देखिएको भन्दै सबै दल मिलेर कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संस्कृतिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य जयपुरी घर्ती, पोलिटब्युरो सदस्य शशी श्रेष्ठ, अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०का अध्यक्ष धर्मशीला चापागाईं, नायिका रेखा थापा सो तीज कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button