काभ्रेपलाञ्चोकमा नौ हजार कन्या पुजिए

बनेपा, ९ भदौ –

श्रीकृष्ण जन्माष्टमीका अवसरमा काभ्रेपलाञ्चोकमा आज नौ हजार कन्या पुजिए ।

एकसय १४ वर्षदेखि चलेको यो परम्परा जिल्लाको साँगा, काशीखण्ड नगरपालिका, पनौती नगरपालिका लगायतका क्षेत्रमा पनि मा पनि यथावत् छ ।

कन्याको दीघार्यु र सुस्वास्थ्यको कामनासहित पूजा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको सनातन कन्या पूजा प्रवद्र्धन समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।उहाँका अनुसार बनेपामा मात्रै आज झन्डै पाँच हजार कन्या पुजिएका छन् । कन्या पूजाका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुलीबाट समेत भक्तजन आउने गरेका छन् ।

यसैबीच, आज श्रीकृष्ण जन्माष्टमीको दिन यहाँका झन्डै आधा दर्जन शक्तिपीठमा झक्तजनको घुइँचो लागेको छ । बनेपाको तीनधारा, नयाँ बस्ती, पाँचखाल, दाप्चालगायतका क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो । त्यहाँ भक्तजनले भगवान् श्रीकृष्णको पूजाआजा गर्नाका साथै भजनकीर्तन गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button