राधा-कृष्णको भेषमा पोखरामा बालबालिका

पोखरा, ०९ भदौ –

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज पोखरामा पनि भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

पोखरा र आसपासका क्षेत्रका कृष्ण मन्दिरमा राधा-कृष्णको भेषमा सजिएर बालबालिकाहरु आ-आफ्ना अभिभाबक को साथमा उपस्थित भएका छन् । पोखरा बाहेक पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठ स्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिर तथा देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

krihna astami

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button