‘वारि जमुना पारि जमुना…’ गीतका गायक गुरुङको निधन

काठमाडौँ, ९ भदौ –

‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको आज निधन भएको छ ।

कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको आज साँभल करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो । उहाँलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको स्व गुरुङका भतिजा रत्न गुरुङले राससलाई जानकारी दिनुभयो ।

गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उहाँहरू आएपछि मात्र अन्त्येष्टि गरिने छ । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने तय गरिएको छ । स्व गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे ९लोकगीत० र घुमफिर लगायत लोक तथा लोक पप गीतका एल्बम बजारमा उपलब्ध छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button