ललितपुर, ९ भदौ –
राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाटन दरबारस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने प्रचलन छ । सो अवसरमा उहाँले मन्दिरका पुजारी प्रतापधर शर्माबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । प्रसाद ग्रहणपछि राष्ट्रपति भण्डारीले मन्दिरमा भेटी चढाउनुभएको थियो ।

मन्दिरको पूर्व अवस्थित मङ्गाहिटीमा रहेको प्राचीन ढुङ्गेधाराका बारेमा समेत उहाँले चासो व्यक्त राख्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई ललितपुरका प्रजिअ ऋषिराम शर्मा लगायतले स्वागत गर्नुभएको थियो । रासस





