रोपनीको दश हजारमा पोखरामा जग्गा उपलब्ध गराउने भन्दै ठगि गर्ने पक्राउ

पोखरा, १० भदौ –

पोखरा क्षेत्रका करीब ६ सय जना ठगिए

पोखरामा दश हजार रुपैयामा एक रोपनी जग्गा पाउने प्रलोभनमा पोखरा क्षेत्रका करीब ६ सय जना ठगिन पुगेका छन ।

करीब ३ महिना अघि देखि सुकुम्वासिलाई जग्गा उपलब्ध गराईदिन्छौं भन्दै १० हजार लियर तमसुकमा कागज गर्दै हिडेको एक गिरोह मध्य दुई जना पक्राउ परेका छन । नेकपा माओवादी (विप्लव) कास्कीको एक टोलीले ठगि गर्दै हिडेको एक समुह मध्य दुई जनालाई विहिबार पोखराको एक होटलबाट पक्राउ गरी कास्की प्रहरीलई बुझाएको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

ठगी गर्ने गिरोहको नाइके मध्य एक मनु सुनार र उनको सहयोगी कमला पुनलाई शुक्रबार अपरान्ह सिर्जनाचोकस्थित एक होटलबाट पक्राउ गरेर प्रहरीलाई बुझाइएको विप्लव माओवादीको जिल्ला जनपरिषद कास्कीका संयोजक नन्दप्रसाद तिवारी जगनले बताए । सुकुम्बासीलाई जग्गा दिने भन्दै पैसा ठगि गरेको आरोपमा विप्लव समूहले २ महिला मनु सुनार र कमला पुनलाई बुझाएकोमा उनीहरु सुकुम्वासिको नाममा ठगि गर्दै हिडेको कास्की प्रहरीले समेत जनाएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले पक्राउ परेकाको ठगि गरेकोले यसमा अन्य व्यक्तिहरु पनि भएकोले संलग्न अन्यको पनि खोजि कार्य भइरहेको बताए । ठगी गर्ने गिरोहले सुकुम्बासीहरुलाई जग्गा दिने भन्दै पैसा लिएर तमसुक लेखिरहेको अबस्थामा आफुहरुले पक्राउ गर्न सफल भएको जगनले बताए । उनले भने “ हामी सुचनाका आधारमा होटलमा पुग्दा तमसुक तयार हुदै गरेको र मनु र कमलालाई नियन्त्रणमा लिने क्रममा पैसा बोक्ने मानबहादुर विश्वकर्मा भने फरार भएको संयोजक तिवारीले जनाए ।

crime 3

विप्लव माओवादी कास्कीले ठगी गिरोहबाट १ सय ३५ वटा तमसुक सार्वजनिक गर्दै यस घटनामा संलग्न ठुलो गिरोह भएकोले त्यसको खोजि कार्य भई कारवाही र ठगिएकाहरुको पैसा फिर्ता गर्न माग गरेको छ । तमसुक गर्नेको संख्या एक सय ३५ हाल आफुहरुसंग भए पनि केहि संग मौखिक रुपमा पैसा लिएको त कोहि गाँउ शहरमा भएकोेले करीब ३ महिनामा ६ सय भन्दा बढी ठगिएको हुन सक्ने जगनले दाबी गरे । प्रति रोपनी १० हजार लिने बताएको गिरोहले रोपनीको आधारमा ९० हजारसम्म एक व्यक्तिबाट लिएको भेटिएको उनले बताए । गिरोहले सुकुम्बासी सर्वसाधारणलाई मझेरीपाटनस्थित भोटेचौतारादेखी थोरै तल रहेको १७० रोपनी जग्गा, शान्तिवन वाटिकाको सार्वजनीक जग्गा लगायतका सार्वजनीक जग्गा देखाएको पाइएको छ ।

crime 2

गिरोहले दश हजार लिएर कागज गर्ने र मंसीरमा जग्गा पास गरेपछि २ लाख दिनुपर्ने शर्त राख्ने गरेको पीडित स्याङ्जा वालिङ घर भई पोखरा बस्दै आएका भिमबहादुर गुरुङले बताए । उनले आफ्नी बहिनी, ठूली आमा र आफूलाई समेत गरी ९० हजार ठगेको बताए । निर्मलपोखरी कास्कीकी अम्रिता विकले २०३२ सालदेखी तिरो तिर्न बाँकी आफ्नै जग्गा दिने भन्दै धन बहादुर विकले पैसा लिएको बताइन् । उद्योगपति सिताराम केसीले तत्कालिन समयमा २७ रुपैयाँमा जग्गा लिएपनि किचलोपछि कसैलेपनि तिरो नतिर्दा समस्या भएको र अब मंसीर सम्ममा आफ्नो नाममा जग्गा ल्याएर पास गरिदिने भन्ने गरेको उनको भनाई छ ।

पीडितले जग्गा दिनेगरी तमसुक लेखेको बताएपनि तमसुकम हेर्दा भने घर व्यवहार चलाउनको लागि दुई बर्षको भाकामा कानुन वमोजिम सावा व्याज तिर्ने उल्लेख भएको छ । तमसुकमा पैसा धनबहादुर विकले लिएको उल्लेख छ । पीडित भिमबहादुर गुरुङका अनुसार गिरोहको नाइके भनिएका विकले धनबहादुर, राजेश र लक्ष्मण विक भनेर पनि परिचय दिने गरेका जनाए । गिरोहले गरेको सबै तमसुक कानून व्यवसायी विमलप्रसाद लामिछानेले लेखेको जगनले जनाए । उनले आफ्नो पार्टीको विकृति बिसंगती बिरुद्धको अभियान सञ्चालन भइरहेको र यस्ता अन्य गिरोहको खोजी भइरहेको जनाए । पिडितहरुको पहिचान गरी प्रसासनले उनीहरुलाई उचित क्षति पुर्ति उपलब्ध गराउन जगनले माग समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button