त्रिशुलीमा फेरि ट्रक खस्यो

चितवन, ११ भाद्र –

३ बालक सहित ७ घाइते

नारायणगढ–मुङलीन सडक खण्ड अन्तरगत जलवीरे भन्ने स्थानमा आज फेरि सवारी दुर्घटना भएको छ । हिजोमात्र यात्रु बस सोही खण्डबाट त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो भने १६ जना घाईते भएका छन् ।

ज बिहान करिब ५ बजेतिर ना ३ ख ४५५६ नम्बरको मालबाहक ट्रक त्रिशुली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा ३ बालक सहित ७ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको घटनास्थलमा रहेको प्रहरीले जनाएका छन् । वालुवा बोकेर हेटौडाबाट काठमाडौं आउँदै गरेको सो ट्रकमा २ पुरुष, २ महिला र ३ जना बालक सवार थिए । ट्रकको केही भागमात्र त्रिशुली नदीको पानी बाहिर देखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त स्थल २२ जनाको ज्यान जाने गरी हिजो भएको दुर्घटनाको नजिकै, दक्षिण तर्फ पर्छ ।

साभार: इकान्तिपुर बाट

original link: https://radiokantipur.ekantipur.com/news/2016-08-27/20160827093441.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button