चाडपर्व मुुुलुकको सुन्दर सांस्कृतिक धरोहर हो – राष्ट्रपति भण्डारी

काठमाडौँ, ११ भदौ –

राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व मुलुकको सुन्दर सांस्कृति धरोहर भएको बताउनुभएको छ ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयद्वारा आज आयोजना गरिएको तीज तथा जितीया पर्व विशेष सांस्कृतिक कार्यक्रममा उहाँले नेपालको सांस्कृतिक विविधताले नेपालीबीच एकता कायम गर्न सफल भएको बताउनुभयो ।

teej program 2

राष्ट्रपति भण्डारीले भन्नुभयो–“नेपालका चाडपर्व सुन्दर सांस्कृतिक धरोहर हुन्, जसले नेपालीबीचका एकतामा सुदृढ बगैँचाका रुपमा ल्याएको सफल भएको छ ।” उहाँले चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, भाइचारा र मित्रताको सुभाष छाइरहेको छ र आगामी दिनमा पनि छाइरहनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले देशमा मनाइने चाडपर्वले मुलुकको संस्कृति, कला वेशभूषा र कला संस्कृतिलाई समृद्ध बनाएको उल्लेख गर्दै उहाँले थप्नुभयो – “नेपाली उर्भर माटोमा फलेका फुलेका सबै चाडपर्वमा आफ्नै मौलिकता तथा विशेषताहरु छन्, बदलिँदो परिवेशमा सबै प्रेरणादायी बन्न सकुन् ।” उहाँले नयाँ संविधान जारी भएपछि मुलुक नयाँ परिवेशमा प्रवेश गरको भन्दै संविधानले मार्गदर्शन गरेका सामाजिक आर्थिक रुपान्तरणमार्फत समतामूलक, न्यायपूर्ण, सुखी, सम्पन्न र शान्त नेपाली समाज स्थापना गर्नेमा सबै पक्ष कटिबद्ध हुन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले विगतको समीक्षा गर्दै कमीकमीजोरी हटाउँदै असल र महान् कार्यका लागि यी चाडपर्वले हौसला प्रदान गरुन् भन्ने कामनासमेत गर्नुभयो ।

teej program

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेतृहरु, कलाकारहरुको उपस्थित रहेको थियो ।

सो अवसरमा नेपाल सांस्कृतिक संस्थान, नेपाल निजामती कर्मचारी सङ्घ, सैनिक श्रीमती सङ्घ, प्रहरी परिवार श्रीमती सङ्घले तीजसँग सम्बन्धित विशेष सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button