विश्वविख्यात साहसिक हिरो सानो बाबु सुनुवारलाई सम्मान

स्याङजा, ११ भाद्र –

बिश्वविख्यात साहसिक हिरो सानो बाबु सुनुवारलाई स्याङ्जालीको तर्फबाट अभिनन्दन तथा सम्मान गर्ने कार्यक्रम आज रोडसाईड क्याफे करेण्डाँडामा सम्पन्न भएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि स्याङ्जाली युवा नेता माननीय साँसद राजु थापाले सानुबाबु सुनुवारको सम्मान गर्दै, जन्मथलो रामेछापबाट सानो बाबु सुनुवार स्थायी रुपमा स्याङ्जालाई कर्मथलो बनाई पर्यटकीय क्षेत्रमा स्याङ्जालाई बिश्वमा समेत चिनाउनु सम्पूर्ण स्याङ्जाबासीलाई खुसीको कुरा भएको बताउनुभयो। माननीय साँसद राजु थापाले आँफु स्याङ्जाको विकासको लागि राजनीतिक आग्रह,पुर्वाग्रहबाट टाढै रहेर काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।कार्यक्रममा सम्मानित व्यक्तित्व सुनुवारले आँफू १३ बर्ष अगाडी पहिलो पटक स्याङ्जाको भूमिमा टेक्दा स्याङ्जालाई धेरै पर्यटकीय सम्भावना भएको क्षेत्रको रुपमा हेरेको बताउदै अब आफू शिक्षित स्याङ्जालीको साथमा रहन पाउदा खुसी लागेको बताउनु भयो ।

सानो बाबु सुनुवारले संसारकै सर्वोच्च शिखर सगरमाथाबाट प्याराग्लार्ई्डिङ गरि नेशनल जोग्राफी च्यानलको “हिरो अफ दि ईयर २०१२“ बाट सम्मानित भै सक्नुभएको छ भने हालसालै युरोपको सर्वोच शिखर माउन्ट एल्ब्रसबाट समेत प्याराग्लाईडिङ गरेर संसारलाई चकित तुल्याउनु भएको छ भने उहाँको स्याङ्जाकै स्वरेकको मैदानमा विश्वकै एकमात्र प्याराग्लाईडिङ स्कुल सञ्चालनमा छ ।

कार्यक्रम पर्यटन विकास समिति स्याङ्जाका अध्यक्ष स्थानीय विकास अधिकारी महेश भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमको आयोजना जिल्ला पर्यटन विकास समिति स्याङ्जाले गरेको थियो भने संयोजन द रोडसाईड क्याफेका कृष्णजंग के.सी. ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button