पोखरा उद्योग वाणिज्य संघलाई सूचना तथा प्रविधीमैत्री बनाउन बास्तोलाको  उम्मेदवारी – क्यान कास्की

पोखरा, १६ भदौ –  

कम्प्युटर एशोसिएसन महासँघ (क्यान) कास्कीको प्रतिनिधित्व गर्दै  पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा चिन्तामणि बास्तोलाले  उम्मेदवारी घोषणा गरेका  छन् ।

‘सूचना र संचार प्रविधिको प्रयोग , ब्यबसाय प्रबर्द्धनमा उपयोग ‘ भन्ने नाराका साथ सस्थाको आधिकारिक उम्मेदवारका रुपमा बास्तोलालाइ अगाडी सारेको बिहिबार पत्रकार सम्मेलन मार्फत क्यान कास्कीले  बताएको हो । क्यान  कास्कीका अध्यक्षसमेत रहेका बास्तोलाले आफ्नो उम्मेदवारी पोखरा उद्योग वाणिज्य संघका गतिबिधिलाई प्रविधि मैत्री बनाउनका लागी रहेको बताएका छन् । उम्मेदवारी  घोषणा गर्दै  बास्तोलाले सूचना प्रविधीको  विकास  गर्दै संघका गतिविधिलाई इलेक्ट्रोनिक माध्यमबाट ब्यबसायीहरुको माझ पुर्याइ व्यवसायीको क्षमता अभिबृद्धि गर्न  आफुले भूमिका खेल्ने उनले दाबी गरे ।

बास्तोला  क्यान कास्की अध्यक्षका अलावा रेडियो सराङकोटका निर्देशक ,मुद्रण उद्योग संघ कास्कीका कोषाध्यक्ष , सहज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, साइनेज एशोसिएसन कास्कीका सल्लाहकार, संगम मार्ग र  आदर्श टोल विकास संस्थाको सचिव लगायतका  संघसंस्थामा आबद्ध रहेका छन् । उनि नेपाल रेडक्रस सोसाइटी कास्की , युनाइटेड क्लब, फुलबारी क्लब र तनहुँ सम्पर्क समाजका आजीवन सदस्य रहेका छन्  ।

कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष जगन गुरुङले बास्तोलाको उम्मेदवारी संघको हितको लागी मात्र नभइ समग्र ब्यबसायीहरुकै हितको लागी भएको दाबी गरे । उनले क्यान कास्कीको बोर्ड बैठक मार्फत  उद्योग बाणिज्य संघमा बास्तोलाको  उमेदवारी दिने निर्णय गरिएको बताए । क्यानका क्रेन्दिय अध्यक्ष ईञ्जीनियर बिनोद ढकालले सूचना प्रबिधिको हरेक क्षेत्रमा उल्लेखनिए भूमिका रहने बताउदै सूचना प्रबिधिको  पहुच ब्यबसायीहरुमाझ पुर्याउनको लागी सस्थागत तबरबाट  प्रतिनिधित्व गर्नुपर्ने भन्दै बास्तोलालाइ शुभकामना ब्यक्त गरे ।

क्यान कास्कीको आयोजनामा पोखरामा हरेक वर्ष सूचना प्रविधि मेला हुँदै आइरहेकोमा यसपालीदेखि  पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने व्यापार मेला संगै  सूचना तथा प्रविधिमैत्री मेला आयोजना गरिएको थियो  ।

पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशन भदौं ३१ र असोज १ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button