
पोखरा, १८ भदौ –
पोखरा सफाई अभियाना डा. केसी पनि सहभागि
डा. गोविन्द केसीले आफ्ना मागहरु पुरा नगरे पुनः नवौं पटक आमरण अनसनमा जाने चेतावनी दिएका छन । चिकित्सक क्षेत्रमा भएको माफिया तन्त्रको अन्त्यको माग गर्दै पटक पटक आमरण अनसन बस्दै आएका डा. केसी आफ्नो आन्दोलनको अभियान अन्र्तगत शनिबार पोखरामा सरसफाई अभियानमा जुट्दै पोखरेलीहरु माझ उक्त कुरा बताएका हुन ।
दशैं पर्व अघिसम्म आफ्ना मागहरु पुरा नभए पुनः आमरण अनसनमा जाने तयारी गरेको बताएका उनले भने “ अहिले मैले खाना खाएर देश व्यापी रुपमा आन्दोलन चर्काउदै जान्छु, संसदको अधिवेसन पछि पनि हाम्रा मागहरु सम्वोधन भएनन भने म बाध्य भएर आमरण अनसरमा जाने छु । ” सुक्रबार स्वास्थ्य मन्त्री गगन थापालाई समेत भेटेका डा. केसीले मन्त्री थापा केहि सकरात्मक भएकोले आफ्ना मागको सम्वोधन हुने आशामा रहेका छन । मेडिकल खोल्नु ठिक भएको बताएका डा. केसीले मेडिकल खोलेसंगै नेपाली जनताहरलाई पनि त्यहाँ अवसर दिनु पर्नेमा जोड दिदै मध्यम बर्ग र जेहेन्दार बिद्यार्थीहरुलाई त्यो अवसर दिनु पर्ने बताए ।

उनले भने “यस अघिका धेरै प्रधानमन्त्रीहरुले हाम्रो माग पुरा गर्ने वचन दिए तर हालसम्म कुनै पनि प्रधानमन्त्रीले दिएको वचन अनुसार काम नभएकोले अहिलेका प्रधानमन्त्री पुष्पकमल दहालले पनि पुरा गर्न सक्दैनन ।” देशै माफिया तन्त्रको जंजालमा गाभिएकोले यसलाई तोडन धेरै सघर्ष गर्नु पर्ने उनले जनाए । उनले थपे “देशमा ६ सय १ सांसद भए पनि एक सय ५० जना पनि स्वच्छ छवि भएका सांसद छैनन । ”

डा.केसीले आफु सत्यको पक्षमा लाग्दै आउदा सरकारले आफुलाई पागल भन्ने गरेकोले त्यसको बिरोधमा आफुलाई समर्थन गर्ने नेपाली जनताहरुले पागल लेखिएको कालो पट्टी हात र टाउकोमा बाध्दै आएको बताए । डा. केसीले पोखराको मानवअधिकार चोक देखि चिप्लेढुंगा क्षेत्रमा सरसफाई गर्दै हरेक क्षेत्रमा सरसफाई हुनु पर्नेमा जोड दिए । उनलाई साथ दिन पानी परेको अबस्थामा पनि छाता र प्लाष्टिक ओढेर पोखरेलीहरु उल्लेखनिय सहभागि भएको आयोजक संस्थाका एक सदस्य दिनेश अर्यालले बताए ।
अख्तियार प्रमुख लोकमानसिंह कार्की गैर कानुन ढंगले अख्तियार प्रमुख भएको डा. केसीले आरोप लगाए । उनले भने “अख्तियार प्रमुख वन्नको लागि आवश्यक मापदण्ड पुरा नभएको व्यक्तिलाई मुख्य तीन दल र नेताले नियुक्ति गर्नु देशको लागि ठुलो दुर्भाग्य हो । ” कार्की सचिवमा हुदा ८ बर्ष सम्म भ्रष्टचारीको अभियोग लागेको, विषयगत २० बर्षको अनुभव हुनु पर्नेमा १७ बर्ष पनि अनुभवन नभएको व्यक्ति अख्तियार प्रमुख वन्नु देशलाई झन माफिया, भ्रष्टचारीको दलदलमा फसाउनु भएको उनले बताए ।





