ग्यास चुहावट हुँदा ६ घाइते

धनगढी, १८ भदौ –

कैलाली जिल्लाको पूर्वी क्षेत्र पथरैया गाविस वडा नं १ मा स्थानीय एक परिवारको भान्साघरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा छजना घाइते भएका छन् ।

टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार कलावती जैसीको भान्सामा रहेको ग्यास चुहावट हुँदा कलावतीसहित अस्मीता जैसी, लक्ष्मी देवकोटा, करिश्मा जैसी, कौशिला जैसी र अनिल विक रहेका छन् । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button